काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्।
कुमितेको ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्।
एरिकाले यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।
यसपटक पनि एरिका नेपालका लागि पदकको प्रमुख दाबेदारका रूपमा एसियाडमा सहभागी भएकी थिइन्।