आज सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि बैठक भोलि मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
उच्चस्तरीय समिति गठन नगरि संसद् चलाउन खोजेमा बेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई गराएपछि सभामुख देवराज घिमिरेको निर्देशनमा बैठक स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताउनुभयो ।