६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

बेलायतको सबैभन्दा धनी परिवार घरेलु कामदारको श्रम शोषण गरेकोमा दोषी ठहर


बेलायतको सबैभन्दा धनी परिवारका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको अभियोगमा स्विट्जरल्यान्डको अदालतले जेल सजाय सुनाएको छ । जेनेभामा रहेको आफ्नो भिल्लामा काम गर्न भारतबाट लगेका कामदारलाई शोषण गरेको अभियोगमा अदालतले प्रकाश र कमल हिन्दुजासहित उनीहरूका छोरा अजय र बुहारी नम्रतालाई शोषण र गैरकानुनी ढङ्गले नोकरचाकर राखेको आरोपमा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

उनीहरूलाई चारदेखि साढे चार वर्षको सजाय तोकिएको छ । मानव तस्करीको गम्भीर आरोपबाट भने उनीहरूले छुटकारा पाएका छन् । भारतबाट लगिएका तीन जना कामदारले हिन्दुजा परिवारले दैनिक १८ घण्टासम्म काम लगाएर सात पाउन्ड मात्र भुक्तान गरेको आरोप लगाएका थिए ।

स्वीस कानुनानुसार १८ घण्टा अवधिका लागि कम्तीमा ७० पाउन्ड भुक्तानी गर्नुपर्थ्याे । उनीहरूले आफ्नो राहदानी जफत गरेको पनि आरोप लगाएका छन् । हिन्दुजा परिवारले ४७ बिलियन डलरभन्दा धेरैको कारोबार गर्दै आएको छ । भारतबाट गएका उनीहरुले निर्माण, कपडा, अटोमोबाइल, आयल, बैंकिङ र फाइनान्ससम्बन्धी कम्पनी सञ्चालन गर्दै आएका छन् ।

ताजा समाचार