१० कार्तिक २०८३, सोमबार Monday, October 26, 2026

विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा सिनामङ्गलबाट तीन जना पक्राउ


काठमाण्डौको त्रिभुवन विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७ घर भएका अन्जिल गुरूङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो ।

कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।

मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा नौ लाख ९९ हजार तीन सय ९६ रूपैयाँ बराबरको झन्डै ७० ग्राम सुनको ब्रासलेट एक थान र झन्डै १२ ग्रामको बेरूवा औंठी भेटिएको जिसीले बताउनुभयो ।

ताजा समाचार