१० कार्तिक २०८३, सोमबार Monday, October 26, 2026

कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न विभागको आग्रह


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी वैद्यले जानकारी दिनुभयो ।

विभागले आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ ।

विशेषगरी मौसमी फलफूलको सिजनमा कार्वाइडको प्रयोग धेरै हुने भएकोले त्यसलाई रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डाक्टर जोशीले बताउनुभयो ।

ताजा समाचार