मधेस प्रदेश सरकारका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज सोमवार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।
जनमत पार्टीका नेता वीपी साहका अनुसार दुवै जना मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन् । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गएको जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा ९एकीकृत समाजवादी० का गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसयता कुशवाहा विनाविभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो ।
नेता साहका अनुसार उनीहरूको ठाउँमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ ।