काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आजबाट बिदामा बसेका छन् ।प्रधानसेनापतिले अवकाश पाउनु एक महिना अघिबाट बिदामा बस्ने सैन्य अभ्यास अनुसार शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् ।
प्रधानसेनापति शर्माले भदौ २४ गतेबाट अवकास पाउनेछन् । अर्थात् प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल २०८१ भदौ २४ गते सकिनेछ । पूर्णचन्द्र थापाले अवकास पाएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति भएका थिए ।शर्माले २०७८ भदौ २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्मालेका थिए । अब नेपाली सेनाको ४५औं सेनापतिको रुपमा बलाधिकृत रथी सिग्देल कार्यभार सम्हाल्ने छन् ।सिग्देलले आजबाट कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्न लागेका हुन् ।