६ मंसिर २०८१, बिहीबार

विदेश सचिव श्री विक्रम मिस्रीको नेपाल भ्रमण


काठमाडौं, श्रावण २७ – नेपालका परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा भारतका विदेश सचिव श्री विक्रम मिस्री मिति २०८१ श्रावण २७ देखि २८ गतेसम्म दुइ दिने भ्रमणका लागी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।

यस भ्रमणले भारत र नेपाल बीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई झल्काउने जानकारी नेपाल स्थित भारतीय राजदूतावासले दिएकाे छ ।

भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत र सांस्कृतिक सम्बन्ध रहेका छन्। भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार र कनेक्टिभिटी परियोजनाहरू सम्पन्न हुँदैछन् र नयाँ परियोजनाहरू अघि बढाइरहेका छन्। यसले द्विपक्षीय सहकार्यलाई अझ बलियो बनाएको छ। विदेश सचिव श्री विक्रम मिस्रीको आगामी भ्रमण यस सहकार्यलाई थप गति दिने अवसर हुनेछ दूतावासद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।