६ मंसिर २०८१, बिहीबार

सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका


सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना मृतावस्थामा फेला परेका हुन् ।
गाउँनजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको आशंका छ । मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको छ ।घटनाका विषयमा अनुसन्धानका निम्ति एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।