४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026

दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला ।


दार्चुलामा साउन यता मात्रै स्क्रव टाइफसका १७ जना विरामी फेला परेका छन्। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले जानकारी दिए।

साउन १४ गते आइतवारसम्म १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए। जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि ९ जनामा स्क्रब टाइफस देखिएको छ। दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २÷२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।