८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

बङ्गलादेशले ७ देशका राजदूतलाई फिर्ता बोलायो


बङ्गलादेशको नयाँ सरकारले अघिल्लो अवामी लिग सरकारले करारमा नियुक्त गरेका ७ देशका राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ ।

बङ्गलादेशले अमेरिकाका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, यूएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलामलाई फिर्ता बोलाएको हो ।

परराष्ट्र मन्त्रालयले उनीहरूलाई आफ्नो वर्तमान जिम्मेवारी त्यागेर तुरुन्तै ढाकामा रहेको मुख्यालयमा फर्किन छुट्टाछुट्टै सूचना पठाएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । केही देशमा राजदूतबाहेक काउन्सिलरहरूलाई पनि फिर्ता बोलाइएको छ ।

यही अगस्ट ८ मा अन्तरिम सरकार गठन भएपछि बङ्गलादेशमा ठूलो प्रशासनिक फेरबदल भइरहेको बेला राजदूतहरूलाई फिर्ता बोलाइएको हो ।

ताजा समाचार