एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिगमा पाँचौ चरणको खेल शुरु हुँदैछ । आजको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो साढे १२ बजे खेल्दैछन् । पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा आर्मी ९ अङ्कका साथ तेस्रो स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा सङ्कटा क्लब र कोशी प्रदेश दिउँसो साढे ३ बजे खेल्दैछन् । ४ खेलमा ९ रहेको कोशी चौथो र सङ्कटा समान ४ खेलमा ४ अङ्कका साथ सातौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० टोली सहभागी छन् ।