जनकपुरधाम । संवाद फाउन्डेशन मधेश प्रदेशको आयोजनामा र संवाद फाउन्डेशन धनुषाको संयोजनमा हिन्दूहरुको महान पर्व दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। होटल सीता प्यालेसमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मैथिली विकास कोषका अध्यक्ष श्री जीवनाथ चौधरी थिए भने नव मिथिला फाउन्डेशनका अध्यक्ष अमित कुमार साह, जनकपुर युथ क्लबका पूर्व अध्यक्ष गोविन्द राई चन्दन लगायतका विशिष्ट व्यक्तिहरू अतिथिका रूपमा कार्यक्रमलाई सम्मानित गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिहरूले दशमी पर्वको महत्त्व र यसले समाजमा ल्याउने सद्भाव, एकता र समृद्धिको सन्देशबारे चर्चा गरेका थिए। मैथिली भाषाको संरक्षण र प्रवर्द्धनमा संवाद फाउन्डेशनको योगदानको पनि सराहना गरियो। कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधिहरूले आ-आफ्नो जिल्लाको गतिविधिबारे जानकारी दिएका थिए।
त्यसैगरी, संवाद फाउन्डेशन मोरङ, महोत्तरी, सर्लाही र धनुषाका अध्यक्षहरूले पनि उपस्थित जनाए। कार्यक्रमको समापन संवाद फाउन्डेशन मधेश प्रदेशका सदस्य सचिव मनिष कुमार ठाकुरको अध्यक्षतामा भएको थियो।