९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

भारतबाट बाढी पीडित नेपाली परिवारका लागि राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण


नेपाल, बाँके – भारत सरकारले नेपालका बाढी र पहिरो प्रभावित परिवारहरूलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै आज दोस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ। भारत सरकारका तर्फबाट द्वितीय सचिव श्री नारायण सिंहले बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री दत्तराज हमाललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो।

भारतबाट आज नेपालगञ्जमा ल्याइएको २१.५ टनको मानवीय सहायता सामाग्रीमा अत्यावश्यक सरसफाई सामग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर समावेश छन्। यो दोस्रो खेपको राहत सामाग्रीबाट बाढी र पहिरोबाट प्रभावित समुदायलाई तत्काल राहत पुर्‍याइने अपेक्षा गरिएको छ।

भारत सरकारले हालै नेपालमा आएको बाढी र पहिरोले निम्त्याएको विनाशकारी स्थितिमा नेपाल सरकारलाई साथ दिन र आवश्यक सहयोग पुर्‍याउन तत्पर रहेको जनाएको छ। आगामी दिनहरूमा थप राहत सामाग्री आउने अपेक्षा गरिएको छ।

ताजा समाचार