६ मंसिर २०८१, बिहीबार

नेपाल एयरलाइन्सका चारवटै विमान उडानमा


नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो ।

आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो ।

मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् । नियमित मर्मतमा गएका विमान महिनौसम्म नफर्किदा केही महिनायता नेपाल एयरलाइन्सका अन्तराष्ट्रिय प्रभावित हुँदै आएका थिए । सवै विमान सेवामा आएसँगै अन्तराष्ट्रिय उडान तालिकाहरु सुचारु हुने नेपाल एयरलाइन्सले बताएको छ ।