२३ माघ २०८१, बुधबार

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए


 

२९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।

अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।

चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।

अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् ।आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ ।

काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएका भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ ।

जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।

१८२ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १४८ रनमा अलआउट भयो ।

जनकपुरका लागि जीमी नीशकले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाएपनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने ।

उनले २४ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे । आसिफ शेखले २३ रन जोडे । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले २-२ विकेट लिए । अमर सिंह राउटेलाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशल मल्लको अर्धशतक मदतमा ५ विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे ।बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए ।