९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

रक्षा मन्त्रीको गाडीले दियो माइतीघरमा मोटरसाइकललाई ठक्कर


रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजयबहादुर राउतले जानकारी दिए।

उनकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ।

‘सामान्य दुर्घटना भएको हो, मोटरसाइकलको लुकिङ ग्लास फुटेको रहेछ, बनाइदिइसकेको छ,’ एसपी राउतले भने।

मोटरसाइकल चालक पनि गइसकेको उनले बताए। चालक भने सकुशल रहेको एसपी राउतले बताए।

ताजा समाचार