९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

एआइजी रवीन्द्र केसीले दिए राजीनामा


नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्।

पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

उनको पदावधि चैत ५ गतेसम्म बाँकी थियो।

त्यसअघि नै उनले राजीनामा दिएका हुन्। राजीनामाको कारण खुलेको छैन। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

उनको राजीनामाबारे सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ।

ताजा समाचार