१९ माघ २०८२, आईतवार

हुन्डी कारोबारको २० लाखसहित चिनियाँ युवती महाबौद्धमा पक्राउ 


हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय भारत बस्दै आएकी २६ वर्षीया रिक्से वाङमोलाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।

उनीबाट हुन्डीको २० लाख ९२ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।