सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएको हो।
ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेको मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको प्रहरीले जनाएको छ ।
सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा भेन्टिलेटर र आईसीयू सञ्चालनमा नरहेको भन्दै उनलाई जनकपुर रेफर गरिएको थियो । बालकको जनकपुरमा उपचारका क्रममा बालकको ज्यान गएको हो ।