७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

इजरायलको मुख्य विमानस्थलमा मिसाइल प्रहार


काठमाडौं : इजरायली अधिकारीहरूले यमनबाट प्रहार गरिएको मिसाइल इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको दाबी गरेका छन्।

विमानस्थल नजिकै मिसाइल खसेपछि सडकमा मानिसहरूले सवारी साधन रोकेर लुकेको बीबीसीले जनाएको छ।

‘हामीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि सात गुणा बढी बल प्रयोग गरिनेछ,’ इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भनेका छन्।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले  इजरायली विमानस्थल हवाई यात्राको लागि सुरक्षित नभएको बताए। –बीबीसीबाट

ताजा समाचार