४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार रहेको छिट्टै स्पष्ट गर्न आग्रह गरिएको एपी न्यूजले जनाएको छ ।

यसअघि अमेरिकी फेडरल सर्किट अपिल अदालतले राष्ट्रपति ट्रम्पले आपतकालीन शक्तिको दुरुपयोग गर्दै लगाएका धेरैजसो भन्सार कर गैरकानुनी भएको ठहर गरेको थियो । तर पनि अपिलबारे अदालतले अहिलेलाई भन्सार कर कायम राख्ने निर्णय गरेको छ ।

अदालतको निर्णयले पाँच महिनादेखि भन्सार कर मार्फत भइरहेको अन्तर्राष्ट्रिय वार्ता अस्थिर बनाएको र यसले अमेरिका र विदेशी साझेदारबीच भएका सम्झौता खतरामा पारेको ट्रम्प प्रशासनको ठहर छ । तर, साना व्यवसायीले भने यस किसिमका भन्सार शुल्कबाट पीडित भएको दाबी गर्दै आएका छन् । अहिलेसम्म यस्ता भन्सार करबाट अमेरिकी राज्यकोषमा एक सय ५९ अर्ब डलरभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।

ताजा समाचार