त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले हराउँदै उपाधि जितेको हो । पाकिस्तानले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५ ओभर पाँच बलमा ६६ रनमा अलआउट भयो ।
अफगानिस्तानका कप्तान रशिद खानले १७ र सेदिकुल्लाह अटलले १३ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट लिए । यस्तै सुफियान मुकीम र अबरार अहमदले दुई तथा शाहीन शाह अफ्रिदीले एक विकेट लिए ।
त्यसअघि शारजहामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले आठ विकेट गुमाउर एक सय ४१ रन बनायो । पाकिस्तानका फखर जमानले २७, मोहम्मद नवाजले २५ तथा सलमान आगाले २४ रन बनाए । अफगानिस्तानका रशिद खानले तीन, फजलहक फारुकी र नूर अहमदले दुई तथा एएम गजन्फरले एक विकेट लिए ।
युएईको आयोजनामा भएको त्रिदेशीय शृङ्खलाको शीर्ष दुईमा रहेका टोलीबीच फाइनल खेल भएको हो । समान चार खेलमा ६ अङ्कसहित पाकिस्तान र अफगानिस्तान फाइनल पुगेका हुन् । घरेलु टोली युएईले कुनै पनि खेल जित्न सकेन । यो शृङ्खला तीन वटै टोलीले आउँदो एशिया कपको तयारीका रूपमा लिएका छन् ।