अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ गुडिरहेको लु १ ज ४७२३ नम्बरको मिनिबस सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाटारीमा गएराति दुई बजे दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा गुल्मीको मदाने गाउँपालिका.–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार २४ जना घाइते भएकामा एक जनालाई थप उपचारको लागि बुटवल पठाइएको छ । बाँकीको सन्धिखर्कमै उपचार भइरहेको छ ।
बस टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।