नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निर्वाचनबाट राष्ट्रिय फैसला दिने बताएका छन्। मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एमालेले पार्टीको महाधिवेशन गरिसकेकाल आम निर्वाचन पर्खिरहेको बताएका हुन्।
ओलीले निर्वाचन सम्पन्न नभएसम्म कुन लोकप्रिय छ भन्ने चर्चा भइरहने उल्लेख गरे। उनका अनुसार ,‘हामी चुनाव पर्खिरहेका छौं। कहिले होला फागुन २१ मा होला, बैशाखमा होला वा अर्को मंसिरमा होला। हामी चुनाव पर्खिरहेका छौं। चुनावबाट नै हामी राष्ट्रिय फैसला दिने छौं।’ उनले एमाले महाधिवेशनबाट स्पष्ट सन्देश लिएर निर्वाचनमा होमिन लागेको जानकारी गराए।