१९ माघ २०८२, आईतवार

न्यायाधीशमाथि श्रृङ्‍‍खलाबद्ध धम्की दिएको आरोपमा राजकुमार तिमल्सिना पक्राउ


काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेका हो ।