७ मंसिर २०८१, शुक्रबार

भोजपुरमा पहिरोमा पुरिएर एक पुरुषको ज्यान गयो ।


भोजपुर नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जङ्गलमा निउरो टिप्न गएका भोजपुर नगरपालिका–२ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।

परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीवार बिहान सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीवारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी गरेका थिए । शुक्रवार तामाङ मृतावस्थामा फेला पर्नुभएको हो ।

मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।