७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

एन्फामा अन्यौलताः राजनिति कि कानुनि अढ्चन।


अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहि र सदस्य रुपेश अधिकारिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरिते मेहतालाई एन्फाले माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्का गर्न निवेदन दिएका छन्। निवेदनमा एन्फाको निर्णय पुर्णतः विधान विपरित, अलोकतान्त्रिक र स्वेच्छारि रहेको उल्लेख गरिएको छ।

उक्त निवेदनमा निवेदक तथा उपाध्यक्ष शाहिले एन्फाको निर्णय गैरकानुनि रहेको भन्दै आधिकारिक विरोध पत्र सार्वजनिक गरेका छन।

उक्त विरोध पत्रमा कानुनि आधार र मागको विभिन्न शिर्षकमा उनि लगाएत समुहले ८ ओटा माग प्रस्तुत गरेका छन जसअन्तर्गतः साधारण सभा सम्वन्धि विधानको उल्लंघन, विधानबिपरित निर्वाचनको घोषणा, शक्तिको दुरपयोग र विधानको गलत व्याख्या, जिल्ला र प्रदेश निर्वाचन उपेक्षा, नयाँ सदस्यहरुको मताधिकार हनन र गलत नजिर, सर्बोच्च अदालतको नजिरको उल्लघन, प्रतिशोधपुर्ण निलम्बन र अदालतको सफाइ र खेल र खेलाडिको दुरावस्था गरि ८ शिर्षकमा आफ्नो माग एन्फा समक्ष प्रस्तुत गरेका छन्।

ताजा समाचार