१८ माघ २०८२, शनिबार

सिकन्दर रजाको कप्तानिमा जिम्बावे विश्वकपमा उत्रने ।


आईसीसी टी-२० विश्वकप २०२६ का लागि सिकन्दर राजाको कप्तानीमा जिम्बाबेको टोली घोषणा भएको छ ।

सन् २०२४ को विश्वकपमा छनोट हुनबाट चुकेको जिम्बाबे यसपटक भने अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुगेको छ।

अफ्रिका छनोटमा शानदार प्रदर्शन गरेका ब्रायन बेनेट टोलीका मुख्य ब्याटरका रूपमा छन्। उनको फर्म शीर्षक्रमका लागि महत्वपूर्ण रहनेछ।

बलिङतर्फ ब्लेसिङ मुजाराबानी र रिचार्ड न्गाराभाले पेस बलिङको जिम्मेवारी सम्हाल्नेछन् भने ग्रेम क्रेमरले स्पिन बलिङमा अनुभव थप्नेछन्।

अनुभवी खेलाडी ब्रेन्डन टेलर लामो समयपछि टोलीमा फर्किएका छन्। उनले ब्याटिङ मजबुत बनाउनुका साथै नेतृत्वमा पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।

जिम्बाबेले हरारेमा घरेलु दर्शकसामु अफ्रिका छनोटको उपाधि जित्दै अपराजित यात्रा पूरा गरेको थियो।

विश्वकपमा जिम्बाबे समूह ‘बी’ मा रहेको छ, जहाँ अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड र ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

जिम्बाबेको टोली : सिकन्दर राजा (कप्तान), ब्रायन बेनेट, रायन बर्ल, ग्रेम क्रेमर, ब्राड्ली इभान्स, क्लिभ मडान्डे, टिनोटेन्डा मापोसा, ताडिवाशें मारुमानी, वेलिङ्टन मसाकाड्जा, टोनी मुन्योङ्गा, ताशिंगा मुसेकिवा, ब्लेसिङ मुजाराबानी, डियोन मायर्स, रिचार्ड न्गाराभा, ब्रेन्डन टेलर