स्वस्थानि व्रत भगवान् शिव र देवी पार्वती (स्वस्थानि माता) को आराधनासँग सम्बन्धित व्रत हो। यो व्रत विशेषगरी महिलाहरूले आफ्नो पति, परिवारको सुख–समृद्धि, दीर्घायु र मनोकामना पूर्तिका लागि गर्ने परम्परा छ। आजकाल पुरुषहरूले पनि श्रद्धापूर्वक पालन गर्ने गरेका छन्। यस वर्तकथा एकमहिना माघ भरि चल्दछ।
यस कथा माघ शुक्ल पुर्णिमा बाट सुरु भएर फाल्गुन शुक्ल पुर्णिमामा समापन गरिने धार्मिक बिधिबिधान छ । विशेषगरि बिहान सबेरै स्नान गरेर यस व्रत बसिन्छ जहाँ स्वस्थानि माता र शिवजीको पूजा धार्मिक विधी बाट गरिन्छ जहाँ स्वस्थानि व्रत कथा (ग्रन्थ) पढिन्छ वा सुन्ने गरिन्छ जो कोहिले पनि यस कथा स्रवण गर्दछ उस्ले धार्मिक रुपमा पालाना गर्नु पर्ने नियम नुन, मासु, लसुन, प्याजजस्ता तामसीक भोजन त्यागिन्छ केहीले एकछाक भोजन, केहीले निराहार पनि बस्छन।
यस कथा मा विशेषगरि शिव–पार्वतीको कथा सत्य, धैर्य, तपस्या र भक्तिको महत्व लोभ, क्रोध, अहंकारजस्ता दोषबाट बच्नुपर्ने शिक्षा र पतिव्रता धर्म र नैतिक जीवनका सन्देशहरू समेटिएका छन्।