१८ माघ २०८२, शनिबार

चर्चामा भन्दा न्युन सङ्ख्यामाः बल्ल ६ जनाको रा.स्व.पा मा उमेद्वारि फिर्ता !


आलोचना बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिने क्रम बढेको छ।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची राखेका डा। अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पाण्डेले आज सामाजिक सञ्जालमार्फत् आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्।

पाण्डे सँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ।

यसअघि रास्वपाको सूचीबाट व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ साह र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने जानकारी दिएका थिए।

समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउन आफूले   रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराइसकेको पाण्डेको भनाई छ।

‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।

समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएका कतिपय नेताले अब आफू निर्वाचनमा प्रत्यक्षबाट उम्मेदवार बन्ने पनि घोषणा गरेका छन्।