१९ माघ २०८२, आईतवार

गुल्मीको पुर्कोट दहमा युवकको शव फेला


गुल्मी । मदाने गाउँपालिका-६ न्वारा निवासी ३३ वर्षीय टुकबहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार सोमबार बिहान करिब ९ बजे स्थानीयले मानिस मृत अवस्थामा रहेको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
टुकबहादुर आइतबार न्वारास्थित आफन्तकोमा गएका थिए । त्यहाँ उनका आफन्तको मृत्यु भएको थियो । सोही दिन राति करिब साढे १० बजे घर फर्कने क्रममा गोरेटो बाटोबाट करिब १२/१५ मिटर तल मोटरबाटोमा खसेको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा टोली खटिएको छ । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।