१८ माघ २०८२, शनिबार

गैंडाको आतङ्क, गयो पुरुषको ज्यान !


चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।