१८ माघ २०८२, शनिबार

काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, उद्धार जारी


काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ ।

केहीबेर अघि बस दुर्घटनामा परेको हो । स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ ।
अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको छ । अन्य क्षतिबारे खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।