६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

सरकार चुक्यो कि कुलमानः को चुक्यो कानुनि दायित्वमा !


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौं । कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेलाई मूल्याकंन जिरोमा गर्छौं,’ झाले भने, ‘विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौं ।’

उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’

ताजा समाचार