१७ माघ २०८२, शुक्रबार

नेपालमा शंकास्पद कारोबार बढ्यो, एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद कारोबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन विज्ञप्तमार्फत जनाएको छ ।

जुन आँकडा अधिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी भएको बैंकको भनाइ छ ।