१८ माघ २०८२, शनिबार

महोत्तरी १ : एमालेका लक्ष्मी कोइरीले दिए उम्मेदवारी


महोत्तरी । महोत्तरीको क्षेत्र नं १ मा नेकपा एमालेबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट कोइरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।

कोइरी यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनले २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीले यसपटक पनि पोखरेललाई नै उम्मेदवार बनाएको छ ।