१८ माघ २०८२, शनिबार

झोलामा कछुवा बोकेर बेच्न हिँडेका व्यक्ति ललितपुरमा समातिए


काठमाडौं । झोलामा ६ वटा कछुवा बोकेर बेच्न हिँडेका व्यक्ति ललितपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानरपालिका–१३ घर भई ललितपुर धोबीघाट बस्ने १९ वर्षीय रोहिम तिवारी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

उनीबाट ६ वटा जिवित कछुवा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनलाई डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ ।