काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।