शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ ।
राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाली प्रहरीले फलफूल वितरण गरेका हुन् ।
स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीको सयोगमा रोशी खोलामा फसेका यात्रुहरूलाई फलफूल, चाउचाउ, पानी लगायत वितरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सम्भवत: आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे ।
यो राजमार्ग शनिबार दिउँसो ४ बजेदेखि अवरुद्ध छ ।