६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

झापामा भारत सरकारको सहयोगमा विद्यालय भवनको शिलान्यास


झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

भवनको शिलान्यास कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गर्नुभएको हो।

भारत सरकारको करिब ३ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी तथा शिक्षकका लागि सिकाइ वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भारत र नेपालबीचको निरन्तर बहुक्षेत्रीय सहकार्यअन्तर्गत यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार विकास र समृद्धिमा सहयोग पुर्‍याउँदै आएको छ।

ताजा समाचार