६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

विराटनगरमा राधाकृष्ण रथयात्रा सम्पन्न


विराटनगरमा हरेक वरिपरि आयोजना हुने राधाकृष्ण रथयात्रा आज निकालिएको छ।

हजारौं श्रद्धालु रथयात्रामा सहभागी छन। नेपाल र  भारतसहित ३ लाख श्रद्धालु को उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन्।

वि.सं. १९८८ मा  खटयात्राबाट सुरू भएको यो परम्पराले २०२५ सालदेखि विशाल रथको रूप लिएको हो। यस वर्ष समितिले ९५ औँ खटयात्रा र ५९ औँ रथयात्राको संयुक्त उत्सव मनाएको छ।

राधाकृष्ण मन्दिरबाट सुरू भएको रथयात्रा  तीनपैनी , गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, बरगाछी र दुर्गा चोक हुँदै पुनः मन्दिर प्राङ्गणमा पुगेर बिसर्जन हुनेछ। कुल ८ किलोमिटरको यस दूरीमा रथलाई ४४ स्थानमा  रोकिनेछ।

​यसपटक आयोजक समितिले सांस्कृतिक डिजे साउन्ड प सञ्चालनमा  रोक लगाइएको छ।

ताजा समाचार