७ मंसिर २०८१, शुक्रबार

कमला नदीमा बाढीको जोखिम स् सतर्कता अपनाउन आग्रह ।


उदयपुरको कमला नदीमा बाढीको जोखिम छ ।

कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमला नदी सिन्धुलीबाट उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै बग्छ ।

कमला नदीको तटीय क्षेत्र तथा डुबान भैरहने होचा ठाउँमा अहिले बिहानसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ ।

आज देशका पहाडी थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी क्षेत्रको एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मुग्लिन–नारायणगढ सडकमा अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । सडकको अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।