काठमाडौँ- काठमाडौंको त्रिपुरेश्वरमा गुडिरहेको एक बसमा आगलागी भएको छ। राहदानी विभागको कार्यालयअगाडि भएको घटनामा एक जना जलेको सूचना आएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बसमा आगलागी भएको सूचना प्राप्त भए पनि जलेका व्यक्तिको पहिचान र घटनाको पूर्ण पुष्टि हुन बाँकी छ।
‘गाडीमा आगलागी भएको सूचना आएको छ,’ सुवेदीले भने, ‘एक जना मान्छे जलेका छन्। तर, पहिचान र पुष्टि भएको छैन। हामी विस्तृत विवरण बुझ्दै छौँ।’
घटनापछि प्रहरीले बसभित्रबाट जलेको अवस्थामा एक जनालाई बाहिर निकालेको एक प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।