६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

वर्षाका कारण काठमाडौं उपत्यकामा फोहर व्यवस्थापन प्रभावित


काठमाडौं- लगातार दुई दिनदेखि भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहर संकलन तथा अन्तिम व्यवस्थापन प्रभावित भएको छ। वर्षाका कारण सिस्डोल ल्यान्डफिल साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानीमा समस्या आएको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जनाएको छ।

विभाग प्रमुख सरिता राईले अवस्था सामान्य नभएसम्म नागरिकलाई घर, पसल तथा व्यवसायबाट निस्कने फोहर सडक, सार्वजनिकस्थल, खोलानाला र खुला क्षेत्रमा नफाल्न आग्रह गरेकी छन्। जथाभावी फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै पानीको निकासमा समेत समस्या हुन सक्ने उनले बताइन्।

मौसम तथा ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन र ढुवानी नियमित गरिने महानगरपालिकाले जनाएको छ। हाल सिस्डोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब २०० वटा गाडीमार्फत फोहर व्यवस्थापन हुँदै आएको छ।

ताजा समाचार