काठमाडौं –काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित चिकित्सकको सिफारिसमा मात्र बिक्री हुने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित पाँच जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरीका विक्रम घले, मकवानपुरका विजय तामाङ र ललितबहादुर स्याङ्ताङ, काभ्रेका गणेश लामा तथा सिन्धुलीका रत्न तामाङ रहेका छन्।
उनीहरूको साथबाट ५ लाख ६० हजार ४ सय रुपैयाँ नगद, एउटा मोटरसाइकल र ६ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।