काठमाडौं – नीति अनुसन्धान प्रतिष्ठानले यस वर्ष प्रतिष्ठान दिवस नमनाउने निर्णय गरेको छ।
प्रतिष्ठान स्थापना भएको दिन असोज १० गतेलाई हरेक वर्ष ‘नीति अनुसन्धान प्रतिष्ठान दिवस’का रूपमा मनाउँदै आएको भए पनि भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको र मुलुक शोकमा रहेकाले यस वर्ष दिवसका कार्यक्रम नगर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
दिवस नमनाउने भए पनि प्रतिष्ठानले यस अवसरमा नेपाल सरकार, आफ्ना सल्लाहकार, विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानमा सहयोग गर्ने व्यक्ति तथा संस्था, स्वदेश तथा विदेशमा रहेका सहकर्मी संस्था र शुभेच्छुकहरूप्रति सहयोग र सद्भावका लागि आभार व्यक्त गरेको छ।
प्रतिष्ठानले आगामी दिनमा पनि सबैको सहयोग र सद्भावको अपेक्षा गर्दै नीति अध्ययन, अनुसन्धान तथा नीति समीक्षामार्फत नेपाल सरकारलाई निरन्तर सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।