७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ ।


एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट घर भइ काठमाण्डौको जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो ।

गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याइ भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई ६५ वटा बोरामा राखेका पटाकासहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो ।

ताजा समाचार