७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

गोरखाको मनकामना जाने सडकका चार ठाउँमा पहिरो, यातायात अवरुद्ध


गोरखा – अविरल वर्षापछि गोरखाको मझुवा देउराली–मनकामना सडकखण्डमा चार ठाउँमा पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सहिद लखन गाउँपालिका–१ दोभानदेखि मनकामनासम्म चार स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सडक खुलाउन सहिद लखन गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडकका कारण उक्त क्षेत्रमा यातायात प्रभावित भएको छ।

ताजा समाचार