७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

पहिरो र बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा


काठमाडौँ – वर्षाका कारण पहिरो र लेदो खसेर अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोशी खोलाको बाढीले क्षति पुर्‍याएका सडकखण्डमा मर्मतसम्भार गरेपछि आजदेखि राजमार्गमा यातायात सुचारु भएको हो।

राजधानीबाट पूर्वतर्फ जाने भकुण्डेवेसीदेखि नेपालथोकसम्मको करिब २५ किलोमिटर सडक अवरुद्ध भएको थियो। सडक खुलेसँगै बीपी राजमार्ग हुँदै काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको छ।

ताजा समाचार